खाेज्नुहाेस

गेटामा रहेको विश्वज्योती महिला सहकारीको साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ५ गेटामा रहेको विश्वज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको २१औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष खिमा देवी ओझाको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सांसद तुलसी देवकोटा रहेकी थिईन भने विशिष्ठ अतिथिमा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणि सापकोटा रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक, उत्कृष्ट बाल बचतकर्ता, शेयर वृद्धिकर्ता, गत वर्षको उत्कृष्ट मासिक बचत कर्ता, उत्कृष्ट ऋणी तथा विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने अभियान्ताहरुलाई सम्मानित गरिएको थियो ।

attariya hospital

साढे ८ करोड बढी कारोबार, नाफा ११ लाख

यस्तै सहकारीले आर्थिक वर्ष २०७९/०८० मा ८ करोड बढीको कारोबार गरेको देखिएको छ । संस्थाको साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा सहकारीको उक्त आर्थिक वर्षको कारोबार ८ करोड ८० लाख ७४ हजार ८२० रुपैया रहेको छ । आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको कारोबार ८ करोड ४८ लाख १६ हजार ८६५ रहेको थियो । सहकारीले उक्त आर्थिक कारोबारवाट आर्थिक वर्ष २०७९/०८० मा ११ लाख ९६ हजार २६२ रुपैया नाफा आर्जन गर्न सफल भएको छ ।

navjiwan hospital

२०५८ सालमा ८० जना शेयरसदस्यको ३५ हजार शेयरपुँजीबाट सुरु भएको सहकारीले हाल वृहत रुप लिएको छ । सहकारीमा आर्थिक वर्ष २०७९/०८० को मसान्तसम्म एक हजार ९५ जना शेयरसदस्यहरु रहेका छन भने १ करोड ४५ लाख १४ हजार ९६० रुपैया शेयरपुँजी रहेको छ । सहकारीले उक्त आर्थिक वर्षमा ५करोड ७८ लाख ६५ हजार ७२६ रुपैया निक्षेप संकलन गरेको छ । उक्त अवधीसम्म सहकारीले ६ करोड ८९ लाख ७२ हजार ५१ रुपैया कर्जा प्रवाह गरेको छ ।

सहकारीलाई निति र विधि अनुसार सञ्चालन गर्नुपर्छ : प्रदेश सभा सदस्य देवकोटा

यसैबिच कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तुलसी देवकोटाले सहकारीलाई निति र विधि अनुसार सञ्चालन गर्नुपर्ने बताएकी छन । उनले सहकारीको व्यवस्थापन र सिस्टमका लागि विधि र निति आवश्यक रहेको बताईन । उनले निति र नियमावलीको अधिनम रहेर काम गर्न सके सहकारीलाई उत्कृष्ट बनाउन सकिने बताईन ।

उनले विश्वज्योतीले प्राविधिक काम गर्नुपर्ने भएकाले नै सहकारीको साधारण सभा केही ढिला हुन गएको बताईन । उनले सहकारीको बारेमा फैलिरहेका भ्रमका विषयमा होहल्लाको पछि नलागेर स्वयम् आफु जानकार बन्न आवश्यक रहने बताईन । उनले सहकारी संस्था के गरिरहेको छ भन्ने कुरामा आफु सक्रिय बन्नुपर्ने बताईन । ‘यो सुदूरपश्चिम प्रदेशभरी नै बचतकर्ताको रकम खाएर भाग्ने सहकारीहरु छैनन् तर बाहिरबाट आएका सहकारीका कारण यहाँका सहकारीहरु पनि समस्यामा परेका छन’ उनले भनिन् ‘तसर्थ त्यस्ता सहकारीका कारण आफ्नो सहकारीलाई डुबाउने काम गर्न हुदैन, हल्लाको पछि लागेर भन्दा पनि स्वयम् सहकारीका बारेमा जानकार भएर काम गर्नुपर्छ ।’ उनले विगतमा रुखको तल जंगलको छहारीमा बसेर सानो पुँजीबाट सञ्चालन गरेका सहकारीहरु अहिले आएर उत्कृष्ट बनेका समेत बताईन ।

आफ्नो जिम्मेवारी आफैले निर्वाह गर्न सके अवश्य पनि सहकारीहरुले राम्रो प्रतिफल दिन सक्ने उनको भनाई छ । उनले सहकारीलाई माथि उकास्न सदस्यहरुको नै मुख्य हात रहने बताईन । उनले त्यसका लागि सहकारीबाट लगेको ऋणको सही सदुपयोग गरेर सहकारीको ऋण र ब्याज फिर्ता गर्न सक्नुपर्ने बताईन । उनले सहकारी र सदस्यको सम्बन्ध राम्रो भए दुवैलाई फाईदा हुने बताईन । बजारमा आएका नराम्रा भ्रमहरुलाई चिर्नका लागि सबैले स्वयम् बुझ्न जरुरी रहेको उनको भनाई छ ।