धनगढीबाट ३० हजार नगदसहित ८ जुवाडे पक्राउ

धनगढी – कैलालीमा नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन् ।धनगढी उपमहानगरपालिका–६ मट्यारी स्थित द काजी किराना पसल भित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नगद सहित ८ जनालाई पक्राउ गरेको हो ।

maya metro hospital

सोही ठाँउ बस्ने २७ वर्षीय ओमप्रकाश कठायतले संचालन गरेको उक्त पसलबाट पसल सञ्चालक सहित ८ जनालाई नगद रु. ३० हजार ५७५ रुपैया सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शुक्रवार साँझ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुका साथबाट नगद सहित ३ गड्डी तास फेला परेको बताईएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.