अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम हिरासतमुक्त

काठमाडौँ- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम हिरासतमुक्त भएकी छिन् । बाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने सरकारी वकिलको कार्यालयले बताएपछि उनलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

maya metro hospital

बमले एक युवतीको मोबाइलबाट गोप्य तस्वीर र भिडियो हात पारेर उनीसँग ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ । प्रहरी वृत्त महाराजगञ्जमा आपराधिक लाभको कसूरमा जाहेरी परेपछि बुधबार प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेपछि उनलाई अनेरास्ववियुले निलम्बन गरेको थियो । उनीमाथि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.