४५ वर्षीया महिला करणी आरोपमा २३ वर्षीय युवक पक्राउ

काठमाडौँ- तेह्रथुममा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याङलुङ नगरपालिका–१० सुसलिङ बस्ने २३ वर्षीय नरेश लिम्बु पक्राउ परेका छन् । उनी बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

maya metro hospital

लिम्बुले महिलालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.