कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ

अत्तरिया- कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ स्थित सडकबाट सोही ठाउँका २४ वर्षका रोशन साउद र २७ वर्षका योगेश साउद बिहीबार साँझ पक्राउ परेका हुन् ।

maya metro hospital

उनीहरुलाई २१० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.