सुदूरपश्चिममा पहिलो दिनको परीक्षामा एक हजार २१ परीक्षार्थी अनुपस्थित

धनगढी – बिहिबार देखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा सुदूरपश्चिम प्रदेशमा एक हजार २१ परीक्षार्थी अनुपस्थित रहेका छन् ।

maya metro hospital

नियमिततर्फ रहेका ५० हजार ६२६ परीक्षार्थीमध्ये ८३७, प्राविधिक धार तर्फका एक हजार ३१ परीक्षार्थीमध्ये छ जना र ग्रेडवृद्धि तर्फका एक हजार ३१७ मध्ये १७८ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ ।

प्रदेशभरिका सबै परीक्षा केन्द्रमा एसइई परीक्षा मर्यादित रूपमा सम्पन्न भएको निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले जानकारी दिए । पहिलो दिनको अङ्ग्रेजी ग्रेडवृद्धि तर्फको प्रश्न पत्रमा सामान्य त्रुटि भेटिएको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.