कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका लोकेन्द्रको शव भेटियो

अत्तरिया- कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ । उनको शव टीकापुर सन्कट्टी घाटमा भेटिएको हो ।

maya metro hospital

गत सोमबार कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकसाथ १७ जनाले हाम फालेका थिए । तीमध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय शाही बेपत्ता भएका थिए । उनको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.