कञ्चनपुरमा एक महिला मृत फेला

अत्तरिया- कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन् । प्रहरीका अनुसार जिल्लाको वेदकोट नगरपालिका-५ धरमपुरस्थित नर्सरीमा अन्दाजी ४६ वर्षीया महिला मृत फेला परेकी हुन् ।

maya metro hospital

कञ्चनपुर प्रहरीले उनको पहिचान नखुलेको बताएको छ । ती महिला खैरको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनको शव पोष्टमार्टमका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.