खाेज्नुहाेस

खुटीया नदीमा अर्धचेत फेला परेका पुरुषको मृत्यु

Image

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-८ स्थित खुटीया नदीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीले उनको मृत्यु भइसकेको र शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको जनाएको हो ।

navjiwan hospital

मृतक गोदावरी-९ बल्मीका ५५ वर्षीय श्याम दमाई रहेका बताइएको छ । उनी हिजोदेखि हराइरहेका थिए । मृतक दमाईको मानसिक स्थिति पनि ठिक नरहेको बताइएको छ ।

attariya hospital

मृत्युको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।