कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित दुई जना भारतीय युवक पक्राउ परेका छन् । बुधबार बिहान पुनर्वास नगरपालिका-११ डोके बजारबाट भारतको बहराइच नानपारा उत्तर प्रदेशका १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिक पक्राउ परेका हुन् ।

उनीहरुलाई एक ग्राम ७१० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
