गोदावरीसहित कैलालीका विभिन्न स्थानबाट अवैध सामान बरामद

अत्तरिया- गोदावरीसहित कैलालीका विभिन्न स्थानबाट अवैध सामान बरामद गरिएको छ । गोदावरी, धनगढी र भजनीबाट अवैध सामान बरामद गरिएको हो ।

maya metro hospital

प्रहरीका अनुसार गोदावरी नगरपालिका-४ वनदेवी, धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिक र भजनी नगरपालिका-६ महादेउलीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४२ हजार ७१५ मूल्यको सामान बरामद गरिएको छ ।

उक्त मूल्यका प्याज, चिनी, दाल, बिडी, सुर्ती, नरिवल, धनिया लगायतका सामान मंगलबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.