पँधेरोमा नुहाउन गएकी युवती मृत फेला

बुटवल- पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवती मृत फेला परेकी छिन् । मंगलबार घर नजिकैको पँधेरोमा नुहाउन गएकी रिब्दीकोट गाउँपालिका-१ ख्याहाकी १९ वर्षीया पद्मा सुनार मृत फेला परेकी हुन् ।

maya metro hospital

उनको हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको छ ।

lotus school

हत्याको कारण खुलिनसकेको भएपनि जबरजस्ती करणी प्रयासको प्रतिकार गर्दा घटना भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी नरेन्द्र चन्दले बताए । उनले भैरहवाबाट कुकुर घटनास्थल ल्याएर अनुसन्धान भइरहेको बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.