अत्तरिया- धनगढीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-२ बस्ने ४७ वर्षीय जनकबहादुर देउल्याल मंगलबार पक्राउ परेका हुन् ।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ हजार रुपैयाँ जरिवाना सुनाइएका उनलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको बताएको छ । उनलाई प्रहरीले अदालत पेश गरेको जनाएको छ ।
