धनगढी- धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालकी छोरी आरती हमाल भेटिएकी छिन् । भारतको गोवाबाट सोमबारदेखि सम्पर्कविहीन रहेकी उनी सम्पर्कमा आएकी हुन् ।

आरतीकी आमा शारदाका अनुसार उनी गोवामा एक विदेशी किशोरीसँग पाइएकी हुन् । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्विरसहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् ।

नगरप्रमुख हमालकी जेठी छोरी आरती ओशो साधक हुन् । ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी छिन् ।
