बैतडीमा भिरबाट लडेर एक पुरुष घाइते

बैतडी- बैतडीमा भिरबाट लडेर एक पुरुष घाइते भएका छन् । सिगास गाउँपालिका-४ बुढाकोटका ५१ वर्षीय धनवीरसिंह साउँद हिजो दिउँसो भिरबाट लडेर घाइते भएका हुन् ।

Karma Consultancy

उनी सिगास-२ गाँजरीबाट आफन्तको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कने क्रममा  इराना भन्ने ठाउँमा लडेका प्रहरीले बताएको छ । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.