धनगढी – सोमबार दिउँसो कर्णाली नदीमा हाम फालेका मध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नदीमा हाम फालेका मध्येका ६ जनालाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले सोधपुछपछि मात्र नियन्त्रणमा लिएका ६ जनालाई घरपरिवारको जिम्मा लगाइने बताए ।
सोमबार नदीमा हाम फालेर बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही सहित १७ जनाले कर्णाली नदीमा हाम फालेका थिए ।
बेपत्ता शाहीको मंगलबार दिनभरी खोजी गरिएपनि भेटिएका छैनन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीय समेतले शाहीको खोजी गरेका थिए । साँझ परेकाले मंगलबारलाई खोजी कार्य स्थगीत गरिएको प्रहरीले जनाएको छ ।