अत्तरिया – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्क विहीन भएकी छिन । उनी सोमबार भारतको गोवाबाट सम्पर्क विहीन भएकी हुन ।
मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी हिजोदेखि जोरबा वाईब आस्बिन ब्रिजबाट सम्पर्क विहीन भएको बताएका छन् ।
उनले छोरी सम्पर्क विहीन भएको खबर उनका साथीबाट आएकाले गोवामा बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई खोजीका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।