कैलालीबाट अवैध सालका गोलिया बरामद

 

अत्तरिया – कैलालीबाट प्रहरीले बेवारिसे अवस्थामा अवैध सालका गोलिया बरामद गरेको छ । प्रहरीले कैलारी गाउँपालिका – ७ हुलाकी सडक स्थित २ वटा राँगा गाडा र साहारा समुदायिक वन भित्र अवैध सालका गोलिया बरामद गरेको हो ।

maya metro hospital

सोमबार ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलिले रागाँ गाडाबाट ५३ क्युफिट र साहारा सामुदायिक वन भित्र लुकाई राखेको अवस्थामा ४० क्युफिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बरामद गरिएको राँगा गाढा र काठ आवश्यक कारवाहीको लागि इलाका वन कार्यालय बसन्ताको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

 

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.