अत्तरियामा होलीका अवसरमा अनाथ एवम् अपांगता भएका बालबालिकालाई टि–सर्ट वितरण

अत्तरिया – हिन्दु संस्कृतिको विशेष पर्व होलीका अवसरमा अनाथ एवम् अपांगता भएका बालबालिकाहरुलाई होली टि–सर्ट वितरण गरिएको छ । कैलालीको गोदावरी नगरपालिका – ६ लालपुरमा रहेको सुदुर गारमेन्ट उद्योगका सञ्चालक रमेश महताले नगरमा रहेका अपांग एवम् अनाथ बालबालिकाहरुलाई टि–सर्ट वितरण गरेका हुन ।

maya metro hospital

उनले अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा रहेका अनाथ एवम् असहाय बालबालिका र सुप समावेशी आधारभुत विद्यालयमा रहेका अपांगता भएका बालबालिकाहरुलाई आज टि–सर्ट दिएका छन । होलीको अवसरमा अन्य सरह नै अनाथ एवम् अपांगता भएका बालबालिकाले पनि होली पर्वको उत्साह, उमंग महसुस गर्न सकुन भन्नका लागि आफुले उक्त सामग्रीहरु सहयोग गरेको महताले बताए ।

attariya hospital

अनाथ एवम् असहाय तथा अपांगता भएका बालबालिकाहरुसँग रमाउन मन लागेर होली टि–सर्ट तथा रंगहरुका साथ बालबालिकासँगै होली खेलेको उनले बताए । ‘हामी सबैले होली मनाईरहेका छौ, तर उहाँहरुसँग ब्याक सपोर्ट नहुँदा मनाउन पाईरहेका छैनन’ उनले भने ‘त्यसैले हाम्रो तर्फबाट जति सकिन्छ साथ सपोर्ट गर्ने र केही क्षण भएपनि बालबालिकासँगै रमाउने भनेर हामी आएका हौ ।’

उनले महिला तथा बालबालिका सेभ हाउसमा ३० प्रति होली टि–सर्ट, रंग का साथै नगद रु. ५०० दिएका थिए भने सुप समावेशी आधारभुत विद्यालयमा २६ प्रति होली टि–सर्टका साथै नगद रु. १ हजार प्रदान गरेका थिए । उनले बालबालिकाहरुलाई पर्वका दिन केही मिठो मसिनो खान मिलोस भनेर थोरै नगद सहयोग गरिएको बताए ।

महता परिवार सहित बालबालिकाहरुसँग होली खेल्न आएका थिए । उनले बालबालिकाहरुसँग होली खेलेर आफुलाई एकदमै आनन्दीत महसुस भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.