गोदावरीकी कमलाको उपचारका लागि ३ लाख ८४ हजार सङ्कलन, आजै काठमाण्डौं लगिँदै  

Karma Consultancy
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ की कमला विष्टको उपचारका लागि सञ्चालन गरिएको ‘कमला विष्ट बचाउ’ अभियान अन्तरगत ३ लाख ८४ हजार सङ्कलन भएको छ । आर्थिक अभावका कारण विगत ३ वर्षदेखि उपचार नपाएर छटपटाइरहेकी कमलाको उपचारका लागि एमाले गोदावरीका नेता गोकर्ण भट्टले सुरु गरेको अभियान अन्तरगत ३ लाख ८४ हजार ४१५ रुपैयाँ संकलन भएको हो ।
citizen security services
attariya hospital
आर्थिक सङ्कलन अभियान सुरु गरेको १० दिनमा उक्त रकम सङ्कलन भएको नेता भट्टले बताएका छन् । उनले कमलाई आजै बिहान उपचारका लागि बुद्ध एयरको जहाज मार्फत काठमाण्डौं लगिने जनाएका छन् ।   मुटुको भल्भ नै फेर्नुपर्ने अवस्था भए पनि त्यसका लागि आवश्यक रकम नहुँदा कमला विगत ३ वर्षदेखि उपचार नपाएर घरमै छटपटाएर बस्दै आएकी थिइन ।
यसअघि अत्तरिया अनलाइनले फागुन २२ गते ‘तीन वर्षदेखि उपचार नपाएर छटपटाउँदै गोदावरीकी कमला’ शीर्षकमा समाचार र भिडियो सामग्री पनि प्रकाशित गरेको थियो ।
उपचारका क्रममा २०७७ चैत्र १४ गते भेरी अस्पताल पुगेकी उनलाई सोही समयमा काठमाण्डौंमा रहको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा गएर अपरेसन गर्न सुझाएको भए पनि आर्थिक जोहो गर्न नसक्दा उनी घरमै थन्किएकी थिइन । उनको उपचारमा साढे ४ लाख खर्च लाग्ने अनुमान गरिएको अभियान सञ्चालन गरेका नेता भट्टले बताएका छन् ।
सम्बन्धित समाचार 
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.