बाजुरामा डुंगा पल्टिदा बेपत्ता भएका युवकको शव फेला

 

बाजुरा – बाजुराको छेडेदह तालमा डुंगा पल्टिदा बेपत्ता भएका युवकको शव फेला परेको छ । खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह तालमा डुंगा पल्टिँदा बेपत्ता भएका वडा नम्बर – ७ लम्गाउँका अन्दाजी ३२ वर्षिय बिरेन्द्र रावतको शव फेला परेको हो ।

maya metro hospital

आइतबार दिउँसो डुंगा पल्टिदा बेपत्ता भएका रावतको स्थानीय र प्रहरी मिलेर खोजी गरेका थिए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उक्त डुंगामा अन्य ६ सवार भएपनि उनीहरु सकुशल रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.