गौरीगंगाबाट अबैध काठ बरामद
अत्तरिया – कैलालीको गौरीगंगाबाट अबैध काठ बरामद गरिएको छ । गौरीगंगा नगरपालिका – ७ सोनपाल सामुदायिक वनबाट बेवारिसे अवस्थामा राखिएको सालको गोलिया बरामद गरिएको हो ।
शनिबार ईलाका प्रहरी कार्यालय मसुरिया र सव डिभिजन वन कार्यालय मसुरियाबाट खटिएको संयुक्त टोलीले वनबाट सालको १२ गोलिया (९८.२९ क्युफिट) काठ बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त काठ आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय मसुरियामा राखिएको छ ।