सत्ती भन्सार कार्यालयद्धारा ८ महिनामा ७ करोड बढी राजस्व संकलन

टीकापुर – कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ७ करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको ८ ८ महिनामा ७ करोड २७ लाख ३१ हजार ७३३ रुपैयाँ संकलन गरेको हो ।

Karma Consultancy
belauri nagarpalika

कार्यालय प्रमुख धनबहादुर शाहीका अनुसार साउनमहिनामा ७१ लाख ९ हजार ७ सय ५२, भदौ महिनामा १ करोड ११ लाख ८० हजार ९९२, असोजमा ६२ लाख ६१ हजार, कार्तिकमा ९२ लाख ३५ हजार, मंसिरमा १ करोड २४ लाख ४ हजार, पुसमा १ करोड ४२ लाख ७१ हजार ४५४ ,माघमा ६६ लाख ५७ हजार ९८७ र फागुनमा ५६ लाख ११ हजार ४४८ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

citizen security services

खक्रौला भन्सार नाकाबाट कम्पाइन, कपडा , हार्डवेयर, मोटरसाइकल, ट्रयाक्टरका पार्टस , इलेक्ट्रोनिकका लगायतका सामान आयत हुने गरेका छन । चालू आर्थिक वर्षमा कार्यालयले १२ करोड १ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.