कृष्णपुरमा बालविवाह, लागु औषध दूव्यर्सन विरुद्धको सडक नाटक प्रदर्शनी

गुलरीया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर १ र ९ मा बाल विवाह, लागु औषध दूव्र्यसन तथा आत्महत्या विरुद्धको सडक नाटक प्रदर्शन गरिएको छ । विहिबार वडा नम्बर ९ को पिपरिया र ९ गते वडा नम्बर १ को पहरियामा सडक नाटक प्रदर्शन गरिएको हो ।

maya metro hospital

नाटक ५ सय भन्दा वढी व्यक्तिले अवलोकन गरेको कृष्णपुर नगरपालिका ९ का अध्यक्ष कैलास बलायरले बताए ।

वर्डभिजन  ईन्टरन्यासनल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुरको साँझेदारीमा कृष्णपुर नगरपालिकामा संचालित बाल संरक्षण, स्पोन्सरसीप तथा समावेशी गुणस्तरिय शिक्षा परियोजना अन्तर्गत आयोजना भएको सो सडक नाटकको मंचन भरत भण्डारी एण्ड गु्रप, टिकापुरद्धारा गरिएको थियो ।

attariya hospital

उक्त सडक नाटकले बाल विवाह गर्दा शारिरीक, मानसिक र व्यक्तिगत विकासमा गम्भीर असर पर्ने सन्देश दिएको थियो भने अर्कोतिर लागुपदार्थ दूव्यसर्नीले आफनो जीवन ववार्द भएको र अपराधिक कार्य समेत गरेको र अन्ततह जेल पर्नु परेको दृष्य देखाइएको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.