कैलालीमा अछामी र बाजुरेली समुदायको परम्परागत होली पर्व सुरु

धनगढी – फागु पूर्णिमामा मनाइने होलीको रौनक सुदूरपश्चिमको तराईको जिल्ला कैलालीमा पनि सुरु भएको छ। देशभर नै होलीको रौनक बढे पनि अछामी र बाजुरेली समुदायले मनाउने होली अन्यको भन्दा फरक रहेको छ।

maya metro hospital

अछाम र बाजुराबाट कैलाली तथा कञ्चनपुरका विभिन्न ठाउँमा बसाइँ सरेका अछामी समुदायहरुले देउडाजस्तै गरी होली पर्व खेल्न सुरु गरेका छन्। छुट्टै पहिरन लगाएर सामुहिक रुपमा बाजागाजासहित एक ठाउँमा जम्मा भएर होलीका गाथा गायर होली खेल्न सुरु गरिएको छ।

यसमा पुरुषहरुले खेल खेल्ने र महिलाहरुले जम्मा भएर रमाउने गरेका छन्। पुर्खेली घर अछाम भएका होलीका गुरु प्रकाश जैगडीले भने,’हामीले मनाउने होली परम्परादेखि मनाउँदै आएका छौँ, सबै दाजुभाइ जम्मा भएर एउटै ड्रेस लगाएर होलीका गाथा गायर होली खेल्छौँ।’

attariya hospital

उनले अहिले सबैले मनाउने होली र आफूहरुले मनाउने होलीमा धेरै फरक रहेको बताए। अछाम र बाजुराका बढी समुदाय बस्ने कैलालीको अत्तरिया, चौमाला , धनगढी, टिकापुर लगायतका ठाउँमा अछामी र बजुरेली समुदायले परम्परागत खेलिने होली खेल सुरु गरेका हुन्।

अबको ४–५ दिनसम्म सबै समुदाय एक ठाउँमा जम्मा भएर होली खेलिरहेका छन्। पुर्ख्यौली घर बाजुरा भएका कुलबहादुर हमालले भने,’जसरी पहिले पहाडमा होली मनाउथ्यौँ, अहिले कैलाली आएर पनि त्यसरी नै मनाइरहेका छौँ, यो हाम्रा लागि एक महत्वपूर्ण पर्व हो।’

यो परम्परागत होली सुदूरपश्चिमका अछाम र बाजुरा जिल्लासँगै ती जिल्लाबाट तराई झरेका समुदायले मनाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.