अत्तरिया- कञ्चनपुरमा दुई लाख बढीको अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट २ लाख ८ हजार मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो ।

भन्सार छली ल्याइएका सामानहरु र म २ प ८१६० नम्बरको मोटरसाइकलमा लोड गरी बेवारीसे राखेका भन्सार छलीका उक्त मूल्यको चप्पल, दाल, चिनी, सकेट, स्वीच बोर्ड, रेगुलेटर, लगायतका खुद्रा समानहरु बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले बताएको छ ।
