खैरो हिरोइन सहित कैलाली कञ्चनपुरबाट ३ युवक पक्राउ

अत्तरिया – लागूऔषध खैरो हिरोइन सहित कैलाली र कञ्चनपुरबाट ३ युवक पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका – ३ मिलनचोकबाट ४ सय मिलिग्राम लागू औषध खैरो हेरोईन सहित कञ्चनपुरको पुनर्वास नगरपालिका – ८ का २३ वर्षिय सन्दिप खड्का बिहीबार दिउँसो पक्राउ परेका हुन ।

Karma Consultancy

जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

citizen security services

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका – ६ बैशाखाबाट १.६७ ग्राम लागू औषध खैरो हेरोईन सहित लालझाडी गाउँपालिका – ३ पर्सिया का २१ वर्षिय मनोज राना र धनगढी उपमहानगरपालिका – ७ मनेहरा का २७ वर्षिय राम औतार राना पक्राउ परेका छन ।
विहिबार साँझ से ७ प ६३२८ नम्बरको मोटरसाईकलमा सवार दुर्व जनालाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

attariya hospital

दुवै जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.