कञ्चनपुरको बेलौरीबाट २ महिला पक्राउ, आँगनमा पाइयो लागुऔषध

अत्तरिया- कञ्चनपुरको बेलौरीबाट दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका-४ शन्तिपुरकी ४८ वर्षीया प्रेमसागर कुमारी राना र २२ वर्षीया सिर्जना राना रहेका छन् ।

maya metro hospital

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उनीहरुलाई शन्तिपुरबाटै अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ ९२ ग्राम ७१ मिलिग्रामसहित बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

lotus school

प्रहरीले प्रेमसागर कुमारीको घरको आँगनबाट उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको बताइको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.