बैतडीमा कोदालो प्रहार गरी ३ जना घाइते, अवस्था गम्भीर

बैतडी– बैतडीमा कोदालो प्रहार गरी ३ जना गम्भीर घाइते भएका छन् । डिलाशैनी गाउँपालिका–७ का ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गरी ३ जनालाई घाइते बनाएका हुन् ।

maya metro hospital

कोदालो प्रहारबाट घाइते हुनेमा उनकी ५६ वर्षीया श्रीमती पार्वती धामी, डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट रहेका बैतडी प्रहरीले बताएको छ ।

बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरि बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

attariya hospital

घाइते तिनै जनाको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भएको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

कोदालो प्रहार किन गरे भन्ने बारे खुल्न सकेको छैन् । कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.