आजको मौसम : देशभर आंशिक देखि साधारण बदली

अत्तरिया- बिहीबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । हाल कोशी, मधेश र बागमती प्रदेशमा साधारणदेखि अधिकांश बदली, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।

maya metro hospital

मौसम पूवौनुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमतीका केही स्थानमा तथा गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो ।

महाशाखाले कोशी प्रदेशका केही स्थान, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

attariya hospital

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना र मधेश र कोशीका तराइ क्षेत्रका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.