धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ, २ डडेल्धुराका

अत्तरिया- धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट ६० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित डडेल्धुराको आलिताल गाउँपालिका-१ बस्ने २२ वर्षीय विक्रम बोहरा समेत दुई जना पक्राउ परेका हुन् ।

maya metro hospital

उनीहरुलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको टोलीले बुधबार साँझतिर पक्राउ गरेको बताएको छ । धनगढी-१ त्रिवेणी चोकबाट ५२ ग्राम लागुऔषध गाँजा जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने ३५ वर्षीय विशाल श्रेष्ठ पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट शान्तीनगर, कैलालीबाट खटिएको टोलीले उनलाई मादक पदार्थ सेवन गरी झै-झगडा गरेको खबर पाएपछि चेकजाँच गर्दा उनको कोठाबाट उक्त पदार्थसहित पक्राउ गरेको बताएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.