बैतडीमा हराइरहेका नरबहादुर मृत भेटिए

बैतडी- बैतडीको पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत अवस्थामा भेटिएका छन् । गत फागुन १९ गतेदेखि हराइरहेका बोहरा बुधवार नौलीगाड भन्ने स्थानमा मृत फेला परेका हुन् ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार स्थानीयले बोहरालाई मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

lotus school

मानसिक अवस्था ठिक नभएका उनी गत फागुन १९ गते पसल जान्छुँ भनी हिँडेकामा हिजो मृत फेला परेका हुन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.