पाँचथर- पाँचथरमा चट्याङ लागेर एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।

प्रहरी चौकीको ढोकामा उभिएका उनलाई चट्याङ लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्याएकामा चिकित्सकले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथर प्रहरीका अनुसार मोरङको ग्रामथान गाउँपालिका–४ का ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत थिए ।
