श्रीमतीको हत्या गरेर श्रीमानले पनि गरे आत्महत्या

विराटनगर- मोरङको बेलबारी नगरपालिका-१ भेडाटोलका बमबहादुर लिम्बूले पत्नीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीया पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

maya metro hospital

लगत्तै बमबहादुरले त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । छोराले भने भागेर ज्यान जोगाएका उनले बताए ।

प्रहरीका अनुसार मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए । मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो । प्रहरीले गीतालाई घटनास्थलमा मृत अवस्थामा फेला पारेको थियो भने गम्भीर अवस्थामा रहेका बमबहादुरलाई नोबेल मेडिकल कलेज पठाएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.