मालिका यातायातको पाँचौँ साधारण सभा सम्पन्न

अत्तरिया – मालिका यातायात प्रालि कैलालीको पाँचौँ साधारण सभा सम्पन्न भएको छ । बुधवार सुदूरपश्चिम प्रदेशका सांसद प्रकाश बमको प्रमुख आथित्यतामा साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको हो ।

maya metro hospital

कार्यक्रममा बोल्दै सांसद बमले यातायात प्रालि ऐनका विषयमा आफूले संसदमा कुरा उठाउने बताए । उनले यातायात समितिहरू प्रालिमा गएपछि त्यसका लागि ऐनको आवश्यकता हुने बताए ।

कार्यक्रममा बोल्दै कैलाली यातायातका अध्यक्ष बालकृण प्रसाईँले यातायात प्रालिको ऐन नहुँदा अन्योल भएको बताए । ‘राज्यले हामीलाई प्रालि सञ्चालन गर भन्यो तर, सञ्चालन कसरी गर्ने भन्ने बारेमा केही बोलेन’ उनले भने ‘प्रालिको कार्यविधि के हो ? यसको नियमन कसरी हुने भन्ने केही छैन ।’ उनले अहिले हचुवाको भरमा प्रालि चलिरहेको बताए ।

attariya hospital

हाल मालिका यातायात मार्फत ४१ वटा बस सञ्चालनमा रहेका छन् । मालिका यातायात प्रालिका अध्यक्ष जय बहादुर खड्काको सभापतित्वमा सम्पन्न साधारण सभाको सञ्चालन प्रालिका महासचिव राजेन्द्र खड्काले गरेका थिए । साधारण सभामा प्रालिका उपाध्यक्ष जगविर थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी राजेन्द्र बहादुर बस्नेत, इलाका प्रहरी कार्यालय मालोखतीका प्रमुख डिएसपी गणेश बराल, विभिन्न यातायात समितिका प्रतिनिधि, यातायात व्यवसायीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.