बैतडीमा यात्रु बोकेको जिपमा १५ पेटी अवैध मदिरा भेटियो

बैतडी- बैतडीमा यात्रु बोकेको जिपमा १५ पेटी अवैध मदिरा भेटिएको छ । पाटन बजारदेखि पाटन–७ कैलपाल जाँदै गरेको से १ ज ५२२ नम्बरको जिपमा लुकाइछिपाइ लगिरहेको अवस्थामा अवैध मदिरा भेटिएको हो ।

maya metro hospital

१३ पेटी लिची नामक मदिरा, १ पेटी बियर तथा थप एक पेटी अन्य ब्राण्डको मदिरा बाजपानी नजिकबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

lotus school

जिपमा यात्रु पनि रहेकाले यात्रुहरुलाई सम्बन्धित ठाउँमा पुर्‍याउनका लागि भनेर अहिले जिपलाई छोडिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए । उनले अवैध मदिराबारे अनुसन्धान भइरहेको बताए ।

 

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.