कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

अत्तरिया- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

maya metro hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा तथा कोशीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।

बुधवार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

attariya hospital

कोशी, मधेश र बागमतीका थोरै स्थानमा साथै बाँकी देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.