कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पुनर्वास नगरपालिका–११ डोके बजारबाट १ ग्राम ६०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) र २० ग्राम २५० मिलिग्राम लागूऔषध जस्तो देखिनेकालो पदार्थसहित कैलालीको कैलारी गाउँपालिका–५ बस्ने २१ वर्षीय बिजय चौधरी पक्राउ परेका हुन ।
उनलाई मंगलवार साँझ प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।