कैलालीमा झण्डै ६ लाखको भन्सार छलीको सामान बरामद

अत्तरिया- कैलालीमा झण्डै ६ लाख मूल्यको भन्सार छलीको सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट ५ लाख ७३ हजार ९५० मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको हो ।

maya metro hospital

धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोक, धनगढी-८ धनगढीगाउँ, धनगढी-१९ बहुलिया घाटबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याइएका अन्दाजी ४ लाख ३८ हजार ५०० मूल्यको प्याज, चिनी, सरफ, सुर्ती, पङ्खा, सिद्रा माछा, मोटरसाइकलका पाटपुर्जा, ट्याक्टरका बेरिङ, नट बोल्ड, घाँस काट्ने मेसिनका पाता, मोटरसाइकल २ थान लगायतका सामान बरामद गरिएको छ ।

त्यस्तै, भजनी नगरपालिका-३ ठेकी, ढुसी र भजनी-६ बसाहाबाट अन्दाजी १ लाख १६ हजार २५० मूल्यको चिनी, बेसनको पिठो, ताला चाबी, टेबुल पंखाको पाता, स्वीच, बिजुलीको प्लग, त्रिपाल लगायतका सामान र कैलारी गाउँपालिका-४ हनुमान मन्दिर पछाडिबाट २२ हजार २०० मूल्यको चप्पल र साइकल बरामद गरिएको छ ।

attariya hospital

उक्त सामानहरु सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.