अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा जन्म दर्ता सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम तथा अभियान सञ्चालन गरिएको छ । युनीसेफको आर्थिक सहयोगमा निड्सको ‘सुदूरपश्चिम बालविवाह निवारण’ परियोजना अन्तरगत मंगलबार गोदावरीमा जन्म दर्ता अभियान कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी दत्त भट्टले प्रशिक्षण दिएका थिए भने कार्यक्रमको उद्देश्यमाथि परियोजनाका संयोजक टेक बहादुर विकले प्रकाश पारेका थिए ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेवक, कार्यपालिका सदस्य, पालिकाका विभिन्न शाखाका कर्मचारी गरी २१ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन परियोजनाकी सामाजिक परिचालक लक्ष्मी विकले गरेकी थिइन् ।