महिला क्रिकेटकी पहिलो कप्तान नेरीको सन्यास

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तान नेरी थापाले सन्यासको घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् नेरीले आफ्नो १७ वर्षे क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरेकी हुन् ।

maya metro hospital

नेपाली महिला क्रिकेट टोलीकी पहिलो कप्तान समेत रहेकी उनको कप्तानीमा महिला राष्ट्रिय टोलीले सन् २००८ र २०१० मा एसीसी १९ वर्षमूनीको महिला च्याम्पियनसिपको उपाधि जितेको थियो । नेरी घरेलु क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.