धनगढी- धनगढीमा जहाज ल्याण्ड (अवतरण) गर्ने समयमा चक्का खसेको छ । धनगढी विमानस्थलमा सोमवार श्री एयरलाइन्सको जहाज ल्याण्ड गर्ने समयमा एउटा चक्का खसेको हो ।
काठमाडौँबाट धनगढी उडेको सो जहाज ठुलो दुर्घटना हुनबाट जोगिएको छ । जहाजको चक्का विमानस्थल कार्यालयमा तैनाथ प्रहरी र विमानस्थलका कर्मचारीले झाडीमा फेला पारेका थिए ।
धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले अहिले जहाज धनगढी विमानस्थलमै ग्राउन्डेड गरिएको र प्राविधिकले जाँच गरेपछि मात्र उड्न अनुमति दिइने बताए । जहाजमा देखिएको समस्याको विषयमा आवश्यक अनुसन्धान समेत गरिने बताइएको छ ।