कञ्चनपुरमा ढाई लाख बढीको अवैध सामान फेला

अत्तरिया- कञ्चनपुरमा प्रहरीले ढाई लाख मूल्य बढीको अवैध सामान फेला पारेको छ । जिल्लाका विभिन्न स्थानबाट २ लाख ५५ हजार ७६५ मूल्यको सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।

maya metro hospital

भीमदत्त नगरपालिका-३ जनज्योती चोक, भीमदत्त-१० गज्जरबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ७५ हजार ४० मूल्यको चिनी, मिठाई, विद्युतको सामग्री, अण्डर वेयर, बच्चाको भेष्ट, कट्टु, हाफ पाइन्ट, माइक लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ ।

त्यसैगरी बेलौरी नगरपालिका-६ नकैयाबाट अन्दाजी ८० हजार ७२५ मूल्यको मलखाद, डिउ, होलीको रङ्ग, पिच्कारी, खेलौना, तरकारी, मोटरसाइकल १ थान लगायतका सामान सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.