काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल आइपुगेका छन् । उनलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरे ।
उनी चैत ८ सम्म नेपालमा बस्नेछन् । उनले नेपाल भ्रमणका क्रममा त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको निरीक्षण गर्नेछन् । यस्तै उनले प्रधानमन्त्री, अर्थमन्त्री, खेलकुद मन्त्रीलगायतलाई भेट गर्ने तालिका रहेको क्यानले जनाएको छ ।
नेपालले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्वकप सह–आयोजना गर्ने दाबी गर्दै आएको छ । क्यानले नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिन बार्कलेको भ्रमण महत्त्वपूर्ण हुने बताएको छ ।