कञ्चनपुर- कञ्चनपुरको हुलाकी सडक निर्माण कार्य तत्काल सुरु गर्ने सहमति भएको छ । क्रान्तिकारी युवा संगठन, हुलाकी राजमार्ग योजना कार्यलय र निर्माण व्यवसायीबिच तत्काल सडक निर्माण कार्य सुरु गर्ने सहमति भएको हो ।

क्रान्तिकारी युवा संगठनले दैजी, बेल्डाँडी, बेलौरी, पुनर्वास हुँदै डोकेबजार जोड्ने सडकखण्डको ७ वर्षसम्म निर्माण कार्य बन्द रहेपछि हुलाकी सडक कार्यालयमा तालाबन्दी गरेको थियो ।

कार्यालयमा ताला लगाएपछि आज बिहानै तीनै पक्षबिच बसेर तत्काल काम सुचारू गर्ने सहमति भएको क्रान्तिकारी युवा संगठनले जनाएको छ । योजना प्रमुख पारसमणी हमाल, क्रान्तिकारी युवा संगठन सुदूरपश्चिम संयोजक दिपेन्द्र सिंह ऐरी, कैलाली जिल्ला संयोजक तिलक वयक, निर्माण व्यवसायी रोशन भट्ट र महेश चन्दले निर्माण कार्य चैत १५ गतेभित्र थालनी गरी २५ गतेदेखि कालोपत्रे सुचारु गर्ने भनी सहमति जनाएका छन् ।
