धनगढीका एक बालक ६ दिनदेखि बेपत्ता

अत्तरिया- धनगढीका एक बालक ६ दिनदेखि बेपत्ता छन् । धनगढी उपमहानगरपालिका-६ मटियारी बस्ने १३ वर्षीय रमित कठायत गत फागुन ३० गतेदेखि बेपत्ता रहेका हुन् ।

maya metro hospital

पञ्चोदय स्कुलमा कक्षा ७ मा अध्यनरत उनी ३० गते बेलुका कसैलाई नसोधी घरबाट निस्केको र आजसम्म सम्पर्कमा नआएको बताइएको छ । उनलाई कसैले कहीँ कतै देखे ९८५८७८४८१८ मा सम्पर्क गरी खबर गरिदिन उनको परिवारले आग्रह गरेको छ ।

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.