कैलाली र कञ्चनपुरमा अवैध सामान बेवारिसे अवस्थामा फेला

अत्तरिया- कैलाली र कञ्चनपुरमा अवैध सामान बेवारिसे अवस्थामा फेला परेको छ । धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २६ हजार ४९० मूल्यको प्याज, चिनी, बिडी, स्याम्पु लगायतका सामान बेवारिसे अवस्थामा फेला परेको हो ।

Karma Consultancy

त्यसैगरी भजनी नगरपालिका-८ कृष्णनगरबाट ४० हजार मूल्य बराबरको प्याज, चिनी, स्प्राइड र टीकापुर नगरपालिका-९ जिरो प्वाइन्टबाट ३८ हजार ५०० मूल्य बराबरको प्याज, प्लाष्टिकको जाली आइतबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको प्रदेश प्रहरीले बताएको छ ।

citizen security services

कञ्चनपुरको भीमदत्त नगरपालिका-११ चौकीसत्ता र दोधाराचाँदनी नगरपालिका-८ जनज्योति टोल नजिकबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी २४ हजार ५० मूल्यको भिन्डी, खुर्सानी, मटर, कागती, होलीको रङ्ग, गाँजर लगायतका सामान आइतबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.