कञ्चनपुरको शुक्लाफाँटामा जमिनमुनि लुकाइएको अवैध काठ बरामद

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीबाट अवैध सालको काठ बरामद गरिएको छ । ४५ दशमलव २७ क्युफिट अवैध सालको काठ शनिवार अस्थायी प्रहरी पोष्ट बन्साहबाट खटिएको टोलीले बरामद गरेको हो ।

maya metro hospital

प्रहरीले जमिनमुनि लुकाएर राखेको अवस्थामा काठ फेला परेको बताएको छ । बरामद काठ सव–डिभिजन वन कार्यालय कलुवापुरको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

 

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.