पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै धनगढी उपमहानगरमा धर्ना

धनगढी- धनगढीमा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै उपमहानगरपालिका अगाडि पत्रकारहरु धर्नामा बसेका छन् । नगर प्रहरीले सनराइज टेलिभिजनका पत्रकार सुदीप थापामाथि भिडियो खिच्दै गर्दा दुर्व्यवहार गरेको भन्दै धर्नामा बसेका हुन् ।

maya metro hospital

पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीसहितका पत्रकारहरु उपमहानगर अगाडि धर्नामा बसेका छन् । दुर्व्यवहार गर्ने नगर प्रहरीले माफि माग्नुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.