कैलाली र कञ्चनपुरमा १ लाख बढीको अवैध सामान बेवारिसे अवस्थामा पाइयो

अत्तरिया- कैलाली र कञ्चनपुरमा १ लाख बढीको अवैध सामान बेवारिसे अवस्थामा पाइएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-३ चौराह र ब्यारेल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५३ हजार २८० मूल्यको सामान बेवारिसे अवस्थामा पाइएको हो ।

maya metro hospital

प्याज, चिनी, मिश्री, सरफ, मिठाई, नरिवल, होलिको लोला, भाँडा धुने साबुन, प्लाष्टिक डोरी लगायतका सामान शनिवार प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले बताएको छ ।

त्यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणी मछेली पुल नजिक सडक छेउबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६६ हजार ४५० मूल्यको प्याज, चिनी, सुर्ती लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको छ ।

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.